Saturday, October 17, 2015

एमाओवादीबाट महरा आउट, टोप बहादुर रायमझीको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं,असोज ३० । एमाओवादीले पार्टी सचिव टोप बहादुर रायमझीको नेतृत्वमा सरकारमा सहमागी हुने कुरा टुंगो लगाएको छ । आज बसेको स्थाइ समितिको बैठकले टोप बहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागीहुने कुरा टुंगो लगाएको हो ।

रायमाझीले उपप्रधानमन्त्री सहित पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वताइएको छ । केही दिन अघिसम्म सरकारको नेतृत्व महराले गर्ने तयारी भएको थियो । तर, त्यो निर्णयलाई उल्ट्याएर सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा एमाओवादी सरकारमा जाने तयारी भएको छ । महराले नेतृत्व गर्ने निश्चित भएपछि मन्त्री छान्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
त्यसै गरि गृह मन्त्रालयको जिम्मेवारी एमाओवादीका स्थायी समिति सदस्य शक्ति बस्नेतलाई दिने निर्णय भएको एमाओवादी स्रोतले बताएको छ । साथै अग्नी सापकोटा, गिरिराजमणी पोखरेल, गणेशमान पून, रेखा शर्मा, र उमेश यादवले मन्त्रालय सम्हाल्ने करिव करिव एमाओवादीले टुंगो लगाएको छ । तर अन्तिम निर्णय आज बेलुका सम्म टुंगो लगाइसक्ने एमाओवादी स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts