एजेन्सी । बलात्कारको घटना कहाँ कहाँ हुन्छ ? घर, कार्याल, खेत, बारी, जंगल, गाडी, होटल आदि आदि ठाउँमा । हामीले अहिलेसम्म सुनको घटना यस्तै हुन् । तर तपाईलाई पत्याउन गाह्रो पर्ला एक अमेरिकी महिलामाथि चन्द्रमामा लगेर बलात्कार भएको छ । यो हामीले भनेको कुरा होइन । स्वयं बलात्कृत भएको भनिएकी महिलाले बताएकी हुन् ।
अमेरिकी एयरफोर्सकी पूर्व राडार ट्राफिक अधिकृत नियारा तेरेला इस्लेले आफुलाई चन्द्रमामा लगेर बलात्कार गरेको बताएकी हुन् । अमेरिकी सेनाकी पूर्व अधिकारी इस्लेको यस्तो अनौठो दावी पछि उनि चर्चामा आएकी छिन् । आफु अर्कै ग्रहका प्रााणी अर्थात् एलियन्ससँग धेरैपटक चन्द्रमामा पुगेको दाबी गरेकी छिन् । चन्द्रमामा लगेर आफुलाई बलात्कार गरेको उनको आरोप छ । तर यस्तो बलात्कार मान्छेले नर्भ एलियन्सले बलात्कार गरेको उनको दाबी छ ।
उनका अनुसार पहिलोपटक उनी २५ वर्षकी छँदा एलियन्स आएर उनलाई चन्द्रमामा लगेको थियो । चन्द्रमामा उक्त एलियनसँग उनले लामो समय बिताइन् । उनका अनुसार एलियन्स छेपारो तथा मानिस जस्तो थियो र उसका जुँगा पनि थिए । नियाराका अनुसार उनी नेभादाको तोनापा टेस्ट रेन्जमा तैनाथ रहँदा एकदिन उनले आँखा खोल्दा आफुालई चन्द्रमामा पाएकी छिइन् । उनको साथमा एलियन्स पनि थिए । आफु आफ्नो खुसीले चन्द्रमामा नगएको र एलियन्सले जबर्जस्ती लगेको भन्दै उनले आफुमाथि चन्द्रमामा बलात्कार भएको दाबी समेत गरेकी छिन् ।
No comments:
Post a Comment