काठमाडौ, असोज २६ । नयाँ शक्ति निर्माणको अभियानमा जुटेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईले संबिधान सभा बास्तविक रुपमा आफुहरुले जन्माएको बताउँदै हिजो संबिधान सभालाई कुनै न कुनै रुपमा बिरोध वा अस्विकार गर्नेहरुले आज नाचगान गएको बताएका छन । राजधानीमा नयाँ शक्तिबारे आयोजित बिशेष प्रशिक्षणात्मक भेलामा उनले भने ‘संबिधान सभाको बच्चा जन्माउने हामी हौ, तर हिजो संबिधान सभा सुन्न समेत नचाहने शुसिल कोईराला, केपी ओली र स्वयं प्रचण्डहरुले आँफैले जन्माएको जस्तो गरी नाचगान गरेका छन । साँचो अर्थमा उनीहरु त नक्कली आमा हुन’ ।
उनले अहिलेको संबिधान सभाको उपलब्धीबाट आँफु खुसी भएपनि संबिधान सभाका आमाका रुपमा सबैलाई अँझै समेट्न नसकेको र सो काम बाँकी रहेकोले आँफुले अहिले नै नाचगान गर्ने बेला नभएको भनेको तर सोही कुरा बंङ्गाएको आरोप लगाए । उनले संबिधान सभाबाट आएको अहिलेको उपलब्धीमा सबै भन्दा धेरै मेहनत आफुले गरेको बताउँदै बाबुराम भट्टराई संबिधान बिरोधी भन्नु हाँस्यास्पद भएको बताए ।
उनले अबको देशको राजनीतिक बाटो आर्थिक संबृद्धिमा टेकेर समाजबाद तर्फ लाग्ने भएको र यो काम बिद्यमान पाटीहरुबाट सम्भव नभएकोले नयाँ शक्तिको आवस्यकता परेको जनाए अर्थिक न्युज डटकममा समाचार छ । उनले यो बाटो निकै जोखिमपुर्ण पनि रहेको बताउँदै नयाँ ठाउँको यात्रा स्वभाविक रुपमा जोखिम पुर्ण हुने बताए । उनले आफुमा कुनै लोभ मोह नभएको बताउँदै आँफ्नो लक्ष्य नेपाललाई संबृद्ध बनाई छाड्ने रहेको पटक पटक दोहोर्याए ।
उनले नेपालमा भारतिय हस्तक्षेप नांगो रुपमा भएको भन्दै यसको मुख्य ३ वटा जडता रहेको चर्चा गरे । उनले एकाथरी अन्धराष्ट्रबाद जस्ले भारतसँग लड्ने कुरा गर्छ, अर्को चाकरी गर्ने राष्ट्रबाद र अर्को बाहिर राष्ट्रबादको चर्को कुरा गर्ने तर भित्र पाउमा लम्पसार गर्ने खालको रहेको बताउँदै यी तिनै खालको राष्ट्रबादको शैली गलत भएको बताए । उनले अबको राष्ट्रबाद भनेको प्रगतिशिल राष्ट्रबाद हुनुपर्ने बताए । उनले देशमा आन्तरिक लोकतन्त्रको बिकाश, सबै क्षेत्र र बर्गका जनतालाई अधिकार सम्पन्न गराउने, आर्थिक रुपमा जनतालाई संबृद्ध गराई अन्तरनिर्भर अर्थतन्त्रको बिकास गर्न सकेको खण्डमा मात्र राष्ट्रियता मजबुद हुने तर्क गरे ।
उनले अबको राजनीति हिजोको जस्तो आन्दोलनकारी राजनीति नभई बिकासमुखी हुनु पर्ने बताए । यही अभिष्ट पुरा गर्नको लागी आँफुले नयाँ शक्तिको निर्माण अभियान प्रारम्भ गरेको बताए ।
No comments:
Post a Comment