Tuesday, October 13, 2015

निगमले उपत्यकामा आज साढे सात लाख लिटर इन्धन बाँड्यो

काठमाडौं,असोज २६ । दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले २६ असोजमा ७ लाख ५० हजार लिटर इन्धन बाँडेको छ । निगमले निजी सवारी साधनलाई काठमाडौं उपत्यकाका १२५ पेट्रोल पम्पबाट इन्धन बाँडेको हो । आयल निगमले २६ असोजमा इन्धन वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा एकदिन अघिदेखि नै सर्वसाधारण लाइन बसेका थिए ।
निगमले आज एक दिनमा ६ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल वितरण गरेको छ ।
लामो लाइन लागेका सबै नीजि सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसकिएको निगमका प्रवक्ता दीपक बरालले बताए । उनले भने, “मौज्दात नहुँदा मागअनुसार आपूर्ति गर्न सकिएन ।”
निगमले प्रति मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतका सवारी साधनलाई १५ लिटर र मोटरसाइकललाई ५ लिटरका दरले इन्धन उपलब्ध गराएको थियो ।
राजधानीमा इन्धनका केही ट्याङ्कर भित्रिएपछि निगमले भोलि पनि निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउने तयारी गरेको छ । निगमका प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म खाना पकाउने ग्यास भने वितरण गर्न नसकिने बताए ।
निगमले दशैंमा काठमाडौँबाट घर जान चाहनेलाई सहज होस् भनेर निजी मोटरसाइकल, कार र भ्यानलाई आज इन्धन उपलब्ध गराएको हो ।
उपत्यकामा सामान्य अवस्थामा हुँदा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts