काठमाडौं, असोज २६ । इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) को असोज २८ गते हुने २५ औँ स्थायी कमिटीको बैठकमा भाग लिन प्रमुख तीन दलका नेता आज छिमेकी चीनको बेइजिङतर्फ प्रस्थान गरेका छन् । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन ।
एमालेका सचिव ज्ञवालीले आफू चीनमा हुने रेशम मार्गसम्बन्धी सम्मेलनमा पनि सहभागी भई आगामी साता स्वदेश फर्कने जानकारी दिए । यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि ती कार्यक्रममा जाने तय भएपनि नयाँ सरकारको विस्तारका काम बाँकी रहेकाले उनको भ्रमण रद्द भएको छ । रासस
No comments:
Post a Comment