काठमाडौं,असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक विदाको दिन पनि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर आफ्नो काम गरेका छन् । कार्यालय गएर उनले सुरक्षा निकाय र कूटनीतिक निकायका प्रतिनीधिहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन गृह मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरु प्रधानमन्त्री कार्यालय बोलाएका थिए ।
सुरक्षा निकायका प्रमुखहरुसँग छलफल लगत्तै विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनीधिहरुसँग छलफल गरेका छन् । राष्ट्रपति रामवरण यादवसँग औपचारिक शिष्टाचार भेटघाट गरेका प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरुसँग छलफल पनि गरेका छन् । मन्त्रालय, राष्ट्रपति÷उपराष्ट्रपति, सभामुख÷उपसभामुखलगायत भागबन्डाबारे दलहरुबीच छलफल भएको छ ।
No comments:
Post a Comment