काठमाडौं, असोज २५ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
विसं २०७० माघ २७ गते मुलुकको ३७ औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आएका कोइरालाले आइतबार नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि बालुवाटार छाड्न लागेका हुन् ।
नेपाली कांग्रेसका सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको निवास महाराजगन्ज सर्ने उनकोे परिवारिक स्रोतले जनाएको छ । कोइराला प्रधानमन्त्री हुनु अगाडि महाराजगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए ।
No comments:
Post a Comment