Monday, October 12, 2015

एमाले नेता विष्णु पौडेल अर्थमन्त्री

काठमाडौं, असोज २५ । एमालेका उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिने निर्णय एमालेले गरेको छ। एमालेको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौडेलले मन्त्री पदको सपथग्रहण गर्ने पक्का भएको छ । एमालेभित्र भद्र र स्वच्छ छविका नेताका रुपमा परिचित पौडेलले यसअघि रक्षा तथा अन्य मन्त्रालयको जिम्मेवारी समालिसकेका छन्। रुपन्देहीबाट निर्वाचित सांसद् हुन्। मन्त्रीका लागि एमालेमा अष्टलक्ष्मी शाक्य, सत्यनारायण मण्डल, शेरधन राई, रविन्द्र अधिकरी, शेरबहादुर तामाङ, डम्बर तुम्बाहम्फे, दीपक कार्की, आनन्द पोखरेललगायतको नाममाथि छलफल चलिरहेको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts