Sunday, October 18, 2015

‘उखानटुक्काले पार्टी त चल्थ्यो होला,तर सरकार चल्दैन’

जनकपुर,कातिक १ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दशैँपछि आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएका छन् । आइतबार जनकपुरमा पत्रकार सम्मेलनमा यादवले प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि लेखको चिठ्ठीको भरमा आन्दोलन नरोकिने बताउदै आन्दोलत थप कडा बनाउने चेतावनी दिएका हुन् । सरकारले वार्ताको लागी लेखेको चिठ्ठीको आलोचना गर्दै चिठ्ठीले आन्दोलन रोकिनेभन्दा चर्किने निश्चित भएको बताएका छन् ।

उनले दशैँपछि आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिँदै भने, ‘उखानटुक्काले पार्टी त चल्थ्यो होला, तर सरकार चल्दैन ।’ उनले दशैको अवधीमा आन्दोलन केही शिथिल हुने भन्दै दशैँपछि अहिलेभन्दा सशक्त हुने बताएका छन् । सीमांकनमा परिवर्तन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम, राज्यको सम्पुर्ण निकायमा समानुपातिक समावेशी हुनुपर्ने ग्यारेन्टी संविधानमै उल्लेख हुनुपर्ने लगायत मुद्दा तत्काल सम्बोधन गरिनुको विकल्प नभएको उनले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts