Sunday, October 18, 2015

गच्छदारलाई ठूलो झड्का,महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग 

सप्तरी, कातिक १ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी आज पार्टी परित्याग गरेका छन् । सदरमुकाम राजविराजस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरी महासचिव यादवले पार्टी परित्यागको घोषणा गरेका हुन्।

सीमाङ्कनसहितको सङ्घीय संविधानका लागि सुरु भएको थरुहट–मधेस आन्दोललाई नै समाप्त पार्ने गरी आत्मघाती कदमस्वरुप पार्टी अध्यक्षले केन्द्रीय कार्यसमितिलाई कुनै आधिकारिक जानकारी नदिई एकलौटी ढङ्गले सत्ताको लोभमा सरकारमा सहभागी भएको भन्दै यादवसहित पार्टीका कार्यकर्ताले पार्टी परित्याग गरेको बताइएको छ ।

यादवले आफ्नै पार्टीका अध्यक्ष मधेस विरोधी भएको भन्दै पार्टीका केन्द्रीय समिति, जिल्ला समिति, निर्वाचन क्षेत्र, राजविराज नगर समिति तथा गाउँ समितिका करिब दुई सयभन्दा बढी कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेको बताए।

नेपालमा सदियौँदेखि शोषित, उपेक्षित, विभेदबाट पीडित दलित, मुसलमान, जनजाति, पिछडावर्गलगायत सम्पूर्ण मधेसी–थारुको जायज मागलाई सरकारले सम्बोधन नगरी एकार्कालाई दोष लगाउने गरेको कार्यप्रति भत्र्सना गर्दै आफ्नै पार्टीबाट विभेदसमेत भएको यादवले आरोप लगाए। फोरम (लोकतान्त्रिक)का जिल्ला सचिव र कोषाध्यक्ष बाहेक सप्तरी जिल्लाका सबै कार्यकर्ताले पार्टी परित्याग गरेको बताइएको छ। रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts