Saturday, October 17, 2015

बार्सिलोनाले रायो भालेकानोलाई हरायो, नेइमार गरे ४ गोल

एजेन्सी,कातिक १ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेको छ । मेस्सीबिना नै मैदान उत्रेको बार्सिलोनाले रायो भालेकानोलाई ५–२ ले हराएको हो । बार्सिलोनाको जितमा नेइमार एक्लैले चार गोल गरे । अर्को एक गोल लुइस स्वारेजले गरे । २२ औं मिनेटमा पेनल्टी मार्फत गोल गर्दै नेइमारले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

३२ औं मिनेटमा पाएको अर्को पेनल्टीको अवसरलाई पनि सदुपायोग गर्दै नेइमारले बार्सिलोनाको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा ह्याट्रिक पुरा गरेका नेइमारले त्यसको एक मिनेटपछि नै चौंथो गोल गर्दै बार्सिलोनाको अग्रता ४–१ मा पु¥याए । त्यसअघि १५ औं मिनेटमा रायो भालेकानोका लागि जाभी गुएराले एक गोल गरेका थिए । ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । रायो भालेकानोका सान्चेज रुइजले ८६ औं मिनेटमा गोल फर्काएपछि बार्सिलोना ५–२ ले विजयीभएको छ । जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको शीर्ष स्थानको रियल मड्रिडको जस्तै ८ खेलबाट १८ अंक नै भएपनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शनिबार राति भएका अरु खेलमा भ्यालेन्सियाले मालागालाई ३–० तथा स्पानियोलले रियल बेटिसलाई ३–१ ले हरायो । एइबर र सेभिल्लाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts