काठमाडौं,कातिक १ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सबै नयाँ अनुहारले मौका पाएका छन् । इतिहासकै धेरै उपप्रधान मन्त्री बनाएर बिस्तार गर्न लागेको मन्त्री मण्डलले पूर्णता पाउन केहि समय लागेपनि अहिलेसम्म देखिएका सबै नयाँ अनुहार मात्र छन् ।
आज एकीकृत नेकपा माओवादीले टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ। नेता शक्ति बस्नेत गृहमन्त्री बन्ने भएका छन् । सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । उमेश यादव सिचाइ मन्त्री बन्ने भएका छन् । गिरिराजमणि पोखरल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका एमाओवदी स्रोत जनाएको छ ।
No comments:
Post a Comment