Sunday, October 18, 2015

काठमाडौंका फुटपाथ पसल पुनः सञ्चालन गर्न नदिइने

काठमाडौं,कातिक १ । सार्क सम्मेलनको समयमा हटाइएकोे फुटपाथ पसल पुनः सञ्चालनमा आउन नसक्ने काठमाडौँ महानगरपालिकाले बताएको छ । सडक छेउमा राखिएको सबै पसल नियम विपरीत रहेकाले हटाइएको महानगरपालिकाको भनाइ छ । अब त्यस्ता पसल पुनः सञ्चालन गर्न नदिइने भएको छ । हटाइएका स्थानमा पसल राख्न पुनः प्रयास भएमा कारबाही गरिने र विस्थापित भएकाका लागि सरकारले कुनै किसिमको व्यवस्थासमेत नगर्ने पनि महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए ।
सापकोटा भन्छन, “सडक छेउका पसलले दुर्घटना बढ्ने र फुटपाथमा हिड्ने यात्रुलाई कठिनाई हुने भएकाले त्यस्ता पसल हटाउनुपर्ने भएको हो ।” महानगरपालिकाको सर्वेक्षणअनुसार महानगरभित्र झन्डै पाँच हजार फुटपाथ पसल छन् । गत मङ्सिरमा भएको सार्क सम्मेलनका समयमा पुरानो बसपार्कका ४७ सहित चाबहिल, गोगङ्बु, कोटेश्वर, गौशाला, वनस्थली, बानेश्वर, सुकेधारा, कालीमाटीलगायतका करिब ५०० पसल टहरा हटाइएको थियो । रासस

गरिबी, बेरोजगारी र सहरप्रति आकर्षणका कारण महानगरपालिकाभित्र फुटपाथ पसल थपिने क्रम जारी छ । महानगरपालिकाले फुटपाथमा पसल राख्नेबाट वार्षिक करिब रु ४० लाखसम्म आम्दानी गरेपनि त्यस्ता पसलले नागरिकको दैनिक जीवनमा भने असर पारेको छ । कार्यालयले फुटपाथमा पसल राख्नेबाट स्थान र सामानको प्रकृति हेरी रु १०० देखि रु एक हजारसम्म जरिवाना लिँदै आएको छ ।

कार्यान्वयन महाशाखाले अब तत्काल कालीमाटी, रत्नपार्क, रवि भवनलगायतका स्थानमा राख्दै आएको फुटपाथ पसल हटाउने तयारी गरेको छ । कानुनीरुपमै फुटपाथ पसल राख्न नपाउने र पटक÷पटक पसल राख्नेलाई जरिवाना स्वरुप लिने गरिएको रकम बढाउनुपर्ने महानगरपालिकाको भनाइ छ ।

हटाएको पसल पुनः राख्न नदिने र सञ्चालनमा रहेकालाई छिटो हटाउने महानगरपालिकाको भनाइप्रति फुटपाथमा पसल गर्दै आएकाहरु असन्तुष्ट देखिएका छन् । लामो समयदेखि आपूmहरु फुटपाथमा पसल गर्दै आएकाले पुनः पसल राख्न पाउनुपर्ने धारणा उनीहरुको छ ।

सार्क शिखर सम्मेलनमा पाहुनालाई नगरको सुन्दरता देखाउन हटाइएका सडक छेउकोे पसल पुनः सञ्चालन हुन नसक्दा गरी खाने बाटो नै हराएको सडक व्यापारी विनोद चेपाङ बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts