दाङ-दाङसंग सीमा जोडिएको बाँकेको खास कुश्मामा यात्रु बाहक बस पल्टीएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। अन्य केही यात्रुहरु आगलागी भैरहेको उक्त बस भित्रै रहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालयका हवल्दार टोपेन्द्र सिंह ठकुरीले नागरिकन्युजलाई दिएको जानकारी अनुसार उक्त बस भित्र २० देखि २५ यात्रु रहेको र बसमा आगलागी भैरहेको छ। अहिलेसम्म तीनजनाको लाश निकालिएको छ। बसमा ग्यासको सिलिण्डर रहेको र बस पल्टीएपछि सिलिण्डर पड्कीएर आगलागी भएको प्रहरीले जनाएको छ। बस भित्र रहेका अन्य यात्रुहरुको अवस्थाका बारेमा कुनै जानकारी नभएको उनले बताए। ‘बसमा आगो दन्कीरहेको छ,’उनले भने ‘अन्य यात्रुहरुको अवस्थाका बारेमा केही थाहा छैन,’ झण्डै १० जना यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाएको पनि उनले बताए।
यो समाचार तयार पार्दासम्म (बेलुका ६ बजेसम्म) बस भित्र रहेका यात्रुहरुको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन्। उक्त बस बुटवलबाट नेपालगन्ज तर्फ जाँदै गरेको खुलेपनि बसको नम्बर भने खुल्न नसकेको हवल्दार ठकुरीले जानकारी दिए। बस बाँकेको खासकुश्मा ८ चप्परगौडीमा पल्टीएको र बसमा रहेका सिण्डिर पड्कीएर आगलागी भएको प्रहरीको भनाई छ।
-Nagariknews
No comments:
Post a Comment