Monday, October 19, 2015

नाकाबन्दीबारे परराष्ट्रमन्त्री थापा र भारतीय प्रधानमन्त्री माेदीबीच छलफल

काठमाडौं– भारतले नेपालमाथि लगाएको नाकाबन्दीबारे कुराकानी गर्न नयाँ दिल्ली पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

भारतले नेपालमाथि नकाबन्दी लगाएको विषयमा छलफल गरी स्थिति सामान्य पार्ने उद्देश्यले परराष्ट्रमन्त्री थापा नयाँ दिल्ली भ्रमणमा छन्। तीनदिने भ्रमणको अन्तिम दिन सोमबार थापा र मोदीबीच भेटघाट भएको हो।

भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रञ्जित रे लगायत सहभागी थिए। थापाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भए पनि नाकाबन्दी खोल्ने विषयमा ठोस निर्णय सार्वजनिक भएको छैन। परराष्ट्रमन्त्री थापा अाजै स्वदेश फर्किंदैछन्।

हिजो परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट गरेका थिए। ‘शान्ति, स्थायित्व र समाधान खोज्ने विषय’मा केन्द्रित रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै जनाएका थिए परराष्ट्रमन्त्री थापाले हिजै साँझ भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए।

नाकाबन्दी खुलाउन र द्विपक्षीय सम्बन्ध सामान्य पार्ने उद्देश्यले थापा शनिबार भारत गएका हुन्। संविधान निर्माण प्रक्रियो रोकेर आफ्ना ७ वटा माग पूरा गर्न भारतले दवाब दिएको थियो। अंगिकृत नागरिकता हुनेले नेपालको राष्ट्रपति, प्रधानमन्त्री पद पाउनु पर्ने तथा तराइबाट राष्ट्रिय संसदमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने लगायतका माग पूरा नभएपछि भारतले नेपालमाथि नाकाबन्दी गर्दै आएको छ।

भारतले आफ्ना ७ बुँदे माग पूरा भए नाकाबन्दी खुल्ने नेपाली कुटनीतिज्ञ तथा नेताहरुलाई बताउँदै आएको छ।

-nagariknews

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts