Monday, October 19, 2015

विवाहपूर्व ‘सेक्स’ को बारेमा बलिउड कलाकारको धारणा

पूर्वीय देशमा विवाहपूर्व यौनसम्बन्ध राख्नु वर्जित मानिन्छ । तर, यो मान्यता बिस्तारै भत्किँदै गएको छ । उदार विचार राख्नेहरुका लागि विवाहभन्दा पहिले नै शारिरिक सम्बन्ध राख्नु जायज हो । पश्चिमा सभ्यताबाट भित्रिएको यस्तो मान्यता बिस्तारै पूर्वीय देशमा समेत फैलँदै छ । बलिउड यसबाट अछुतो रहने कुरा भएन । बलिउडका कलाकारहरु यससम्बन्धमा के भन्छन् त?
दीपिका पादुकोणः केही समयपहिले रिलिज भएको एक सर्ट फिल्म ‘माइ च्वाइस’ बाटै थाहा हुन्छ कि दीपिका यौनका बारेमा कति उदार छिन् । उनी भन्छिन्,‘बिहेभन्दा अघि यौनसम्बन्ध राख्नु÷नराख्नु, त्यो उसको मर्जीको कुरा हो । यसलाई कसैले सही या गलत भनेर नबसोस् ।
राधिका अप्टेः राधिकाको भनाईमा यौन बिकाउ चिज हो । महिला र यौनका बारेमा खुलस्त भन्ने राधिका भन्छिन्,‘आजका महिला सतीसावित्री पाउन मुस्किल छ । मेरा साथी यस्ता पनि छन्, जसले बिहेभन्दा पहिले शारिरीक सम्बन्ध राखेका छैनन् ।
रणवीर सिंहः ‘यौन एक सुन्दर र स्वाभाविक प्रक्रिया हो । यो त्यस्तो नराम्रो चिज नै होइन, जसको कुरै गर्न नहोस् । लुकाएर राख्ने कुरै होइन । कसैले बिहेअघि नै शारिरिक सम्बन्ध राख्छ भने त्यो नराम्रो होइन ।’
सन्नी लियोनीः सन्नीको भनाईमा जसलाई जे राम्रो लाग्छ त्यो गर्दा हुन्छ । ‘मैले यस्तो कुरामा चिन्ता लिएर बसेको भए त म यो ठाउँमा पक्कै पुग्दिनथेँ ।’
अभय देओलः अभयले एकपटक ट्विटरबाटै भनेका थिए,‘जब मलाई मन लाग्छ तब म सम्भोग गर्छु । यौनका बारेमा लुकाउने, लजाउने कुरै छैन । यस कुरामा त इन्जोय पो गर्ने हो त ।’
कल्की कोचलिनः कल्कीले एक अन्तरवार्तामा भनेकी थिइन्,‘ जब म नौ वर्षको थिएँ, त्यतिबेला मैले कसैलाई मसँग यौनसम्बन्ध राख भनेको थिएँ । मलाई केही थाहै थिएन ।’
-setopati

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts