काठमाडौं,कातिक १२ । उद्योगीले शुक्रबार (भोलि)बाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको छ ।
सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगीरबिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको छ ।भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४।२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो । एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्याउन सकिने उद्योगीको भनाइ छ ।नयाँ पत्रिकामा खबर छ
No comments:
Post a Comment