Wednesday, October 28, 2015

कस्तो छ नेपाललाई तेल दिने चिनियाँ कम्पनी ?

काठमाडौं,कातिक १२ । चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)सँग ग्यास उत्पादन र वितरण गर्न ५० हजार आठ सय ३६ किलोमिटर लामो ग्यास पाइपलाइन छ । उसले कच्चा तेलको पाइपलाइन १८ हजार एक सय ३२ किलोमिटर बिछ्याएको छ । पेट्रोलियम पाइपलाइन १० हजार ८६ किलोमिटर छ ।

सिएनपिसीले वार्षिक रूपमा एक सय ५० मिलियन टन कच्चा पदार्थ प्रशोधन गर्छ भने पाँच मिलियन टन इथालिन उत्पादन गर्छ । उसले पाइपलाइन र इन्धन भण्डारणगृह निर्माणमा दख्खल राख्छ ।
चीनमा खपत हुनेमध्ये ४० प्रतिशत इन्धन सिएनपिसीले उत्पादन गर्छ । यसमा मुख्य गरी ग्यास, डिजेल, मट्टीतेल, पेट्रोल, लुब्रिकेन्टलगायत पर्छन् । सिएनपिसीसँग वार्षिक १० मिलियन टनका दरले कच्चा पदार्थ प्रशोधन गर्ने रिफाइनरी मात्रै चारवटा छन् ।

सन् २०१४ मा सिएनपिसीले ११७.०२ मिलियन टन प्रशोधित तेल बिक्री गरेको थियो । सिएनपिसीले दैनिक २० मिलियन उपभोक्तालाई सेवा बेचिरहेको दाबी गरेको छ । सिएनपिसीले सुडान, काजकिस्तान, अल्जेरिया, बेलायत, फ्रान्सलगायत देशमा संयुक्त रिफाइनरी नै सञ्चालन गरिरहेको छ ।

सिएनपिसीले कच्चा तेल, प्रशोधित तेल, प्राकृतिक ग्यासको बिक्रीबाट धेरै लाभ लिइरहेको छ । सिएनपिसीले पेट्रो चाइना इन्टरनेसनल कम्पनीमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको नयाँ पत्रिका दैनिक समाचार छ । नेपालले पनि पेट्रो चाइनाबाट इन्धन ल्याउने हो । पेट्रो चाइनाले नेपालबाहेक ८० भन्दा बढी मुलुकमा एजेन्सी परिचालन गरी करिब सय प्रकारका प्रशोधित तेल र रासायनिक पदार्थको कारोबार गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts