ताप्लेजुङ,असोज २८ । ताप्लेजुङ जिल्लामा रुखबाट खसेर एक जनाको ज्यान गएको छ। खोक्लिङ गाविस ४ बस्ने ५० वर्षिय चन्द्र लङवाको रुखबाट खसेर मृत्यु भएको हो। उनी स्याउला टिप्न भनि रुखमा चढेका थिए।
घटनास्थलमा अस्थायी प्रहरी चौकी खोक्लिङबाट प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान भईरहेको छ।
No comments:
Post a Comment