काठमाडौं, असोज २८ । एनआरएनए अध्यक्षका उम्मेद्वार रतन झाले उम्मेद्वारी फिर्ता लिएका छन् । सम्मेलनमा अध्यक्षका प्रत्याशी मध्येका रतन झाले उम्मेद्वारी फिर्ता लिएका छन् । उनले एनआरएनए एकताको लागि उम्मेद्वारी फिर्ता लिएको जानकारी दिए ।
उनले शेष घलेलाई सघाउने भएका छन् । मतदान १ बजेदेखि साँझसम्म हुनेछ । अर्का अध्यक्ष प्रत्याशी टिबी कार्कीलाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरि राखिएको सम्मेलनमा सहभागीले जनाएका छन् । कार्कीले पनि उम्मेद्वारी फिर्ता लिएमा घले एनआरएनए अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् ।
No comments:
Post a Comment