Wednesday, October 14, 2015

आर्थिक गतिविधि ठप्प भएपछि कर तिर्ने अवधि थपियो

काठमाडौं,असोज २८ । तराई आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले कर तिर्ने अवधि एक महिना बढाएको छ । दुई महिनादेखिको तराई आन्दोलनले अर्थतन्त्रमा ठूलो क्षति भएको र तत्काल कर तिर्न सक्ने अवस्था नभएको निजी क्षेत्रको माग बमोजिम सरकारले सबै प्रकारका कर तिर्ने अवधि एक महिना थप गरेको हो ।

अब करदाताले असोज मसान्तसम्ममा तिरिसक्नुपर्ने मूृल्य अभिवृद्धि कर, आय कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर, अग्रीक करकट्टी विवरण र करछुट दाबी लगायतका सबै कर विवरण कात्तिक २५ सम्ममा बुझाए हुनेछ । कर तिर्ने अवधि नै थप्नु पर्ने अवस्था आएकाले चालू आर्थिक वर्षमा राजश्व संकलन लक्ष्यमा गम्भीर धक्का लाग्ने देखिएको अन्नपूर्ण पोस्टमा खबर छ । सर्म्पूण कर तिर्ने अवधिनै सार्नुपर्ने अवस्था आउनुले अर्थतन्त्र थला परेको भन्ने बुझ्न सकिने अर्थविद् बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts