काठमाडौं,असोज २८ । राजधानीबाट दसैं मनाउन घर जानेहरुले यो वर्ष निकै सास्ती भोग्नुपर्ने देखिएको छ । भारतले ३ साताअघि देखि लगाउँदै आएको नाकाबन्दी प्रधानमन्त्री निर्वाचनपछि केही खुकुलो बनाए पनि राष्ट्रपति चयनको चर्चा चलिरहँदा फेरि इन्धन पठाउन आनाकानी गरिरहेको छ ।
बजारमा इन्धन अभाव उस्तै छ । लामो दूरीका सवारीले पर्याप्त इन्धन नपाउँदा दसैं मनाउन घर जान चाहनेहरु प्रत्यक्ष मारमा परेका छन् । नवरात्रिको दोस्रो दिन (बुधबार) बिहान नयाँ बसपार्कमा दाङदेखि सूदुरपश्चिम जाने यात्रुमात्र टिकट काट्ने लाइनमा थिए । अन्य क्षेत्रका काउन्टरमा यात्रुको चाप नै देखिँदैन थियो । पूर्वी तराईको बन्दका कारण त्यता जाने यात्रु कम देखिएको व्यवसायीले बताए । आजको कारोबार दैनिकमा खबर छ ।
No comments:
Post a Comment