Wednesday, October 14, 2015

‘दसैंअघि ग्यास आउँँदैन’

काठमाडौं,असोज २८ । दसैंले छोपिसक्यो प्राय उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांशका सिलिन्डर रित्ता छन्, भरुँ त बजारमा पनि पाइँदैन । बजारमा पेट्रोल मात्र होइन, ग्यासका पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन् । विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।

राजधानीमा उपभोक्ताले कहिले पाउँछन् त ग्यास ? व्यवसायी भन्छन् – दसैंअघि सम्भव छैन नागरिक दैनिकमा समाचार छ । नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो । वीरगन्ज भन्सार अझै खुलेको छैन । खुलेपछि पनि ल्याएर राजधानीका उपभोक्ताका भान्सामा ग्यास पुर्‍याउन कम्तीमा एक साता लाग्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts