ईलाम, असोज २८ । ईलाम जिल्लाको चुलचाचुली गाविसबाट ईटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। चुलाचुली गाविस ७ आइतबारे बजारबाट स्थानीय वर्ष २४ को सुमन तामाङलाई प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा प्रहरीले उनको साथबाट 7.65 MM को म्याग्जिनसहितको एक थान Made in Italy लेखिएको पेस्तोल र राईफलको एक राउणड गोली बरामद गरेको छ। तामाङलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पठाईएको छ।
No comments:
Post a Comment