Tuesday, October 27, 2015

लुकाएर राखेको ३ सय लिटर पेट्रोल र डिजेल बरामद

सप्तरी, कातिक १० । एक मिनीबसमा लुकाएर लगिँदै गर्दा सप्तरीको भारदहबाट करिब तीन सय लिटर डिजेल र पेट्रोल बरामद गरिएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित राजमार्गमा बा ३ ख ६१७४ नंको मिनीबस भित्र लुकाई राखेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध डिजेल र पेट्रोल फेला परेको जनाएको छ ।

बरामद गरिएको पेट्रोल र डिजेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र सो विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts