Tuesday, October 27, 2015

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताविच झडप

मोरङ, कातिक १० । मोरङ जिल्लाको बिराटनगर १८ स्थित मलाया रोडमा प्रहरी र सँयुक्त लोकातान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुविच आज बिहान झडप भएको छ। विराटनगर-जोगबनी सडक खण्डस्थित मलाया रोडमा बिहानै देखि सडक अवरोध गरी बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा उक्त झडप भएको हो।

मधेसी मोर्चाका अन्दाजी ८०\९० जनाको समुहले उक्त स्थानमा बिजुलीको पोल ढालेर तथा शिशाका टुक्राहरू बिच्छाएर सडक अवरोध पारेपछि अवरोध खुलाउन गएका प्रहरीलाई मोर्चाका कार्यकर्ताहरुले ढुङा मुढा तथा बोतल प्रहार गरेका थिए। भिड तितर बितर गर्नेक्रममा प्रहरीबाट दुई सेल अश्रु ग्याँस र एघार राउण्ड हवाई फायर गरिएको छ।

यसैविच आज बिहान बिराटनगर १८ स्थित पुरानो आँखा अस्पताल अगाडी को ४ प ५६८९ नम्बरको मोटरसाइकलमा तोडफोड भएको छ ।
बिराटनगरबाट जोगबनीतर्फ जादै गरेको उक्त मोटरसाइकललाई मोर्चाका कार्यकर्ताहरुले रोकेर अगाडिको भाइजर, साइडलाईट र हेडलाईट फुटाई फरार भएका छन्। तोडफोडमा संलग्नहरुको प्रहरीबाट खोजतलाश भइरहेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts