Tuesday, October 27, 2015

राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त,भण्डारी, गुरुङ र महर्जन कसले मार्ला बाजी ?

काठमाडौं,कातिक १० । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि तीन जना उम्मेदवारको भिडन्त हुने भएको छ । नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारी, नेपाली कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ र नेमकिपाका नारायण महर्जनबीच राष्ट्रपतिका लागी भिडन्त हुने भएको हो । राष्ट्रपति चयनका लागि भोलि संसदमा गोप्य मतदान हुनेछ ।

एमाले उपाध्यक्ष विद्या भण्डारीको राष्ट्रपतिको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ। उनको दर्ता एक नम्बरमा छ । भण्डारीको उम्मेदवारीका प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा कमल थापा, योगेन्द्र चौधरी, दीपक बोहोरा, सीपी मैनाली, प्रेमबहादुर सिंह, जयदेव जोशी, चित्रबहादुर केसी, शिवालाल थापा, विसेन्द्र पासवान, लक्षमण राजबंशी र एकनाथ ढकाल रहेका छन्।

यसैगरी राष्ट्रपतिमै दोस्रो नम्बरमा नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले पनि उम्मेदवारी दर्ता गराएका छन् । महर्जन उम्मेदवारीका प्रस्तावक प्रेम सुवाल र समर्थक डिल्लीप्रसाद काफ्ले रहेका छन् । नेपाली कांग्रेसको तर्फबाट कुलबहादुर गुरुङको पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावक प्रकाशमान सिंह र समर्थक कृष्ण सिटौला रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts