Tuesday, October 27, 2015

महर्जनद्वारा राष्ट्रपतिको उम्मेदवारी फिर्ता

काठमाडौं,कातिक १० । राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जनले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमाले र एकीकृत नेकपा माओवादीसहितका सत्तारुढ दलको आग्रहमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो । सत्तारुढ दलले राष्ट्रपति उम्मेदवार नेकपा एमालेकी विद्या भण्डारीलाई सहयोग गर्न आग्रह नेपाल मजदुर किसान पार्टीलाई आग्रह गरेपछि उहाँले पार्टीको निर्देशन अनुसार उम्मेदवारी फिर्ता दिनुभएको हो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको प्रस्ताव र डिल्लिप्रसाद काफ्लेको समर्थनमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको थियो । प्रधानमन्त्रीको चुनावमा केपी ओलीलाई मदतान गरेको नेमकिपाले यसअघि सभामुख र उपसभामुखको चुनावमा पनि उम्मेदवारी दर्ता गरेको थियो । तर पछि दुवैको उम्मेदवारी फिर्ता लिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts