एजेन्सी । बलिउड चलचित्रका सफल अभिनेता सलमान खानले नयाँ फिल्म ‘सुल्तान’ मा सञ्जय दत्तलाई पनि लिने इच्छा देखाएका छन् । कुस्तीमा आधारित फिल्म ‘सुल्तान’सुटिङ सुरु हुन लागेको ुसुल्तानुका लागि सलमानले सञ्जय दत्तलाई फिल्ममा लिने इच्छा देखाएका हुन्। कुस्तीमा आधारित फिल्ममा सलमान कुस्तीबाजको भूमिकामा छ। सलमानले फिल्ममा रहेको गुरूको भूमिकामा सञ्जयलाई खेलाउन चाहेका हुन्। सोका लागि उनले फिल्मका निर्देशक अली अब्बास जफरसँग आग्रहसमेत गरिसकेका छन् । सलमानको सोचाइमा फिल्ममा सञ्जय नै एकदमै फिट हुन्छन् र उनीसँग काम गर्न मजा पनि आउनेछ ।
आगामी फेब्रुअरी महिनामा जेलबाट छुट्न लागेका सञ्जयलाई फिल्ममा लिने कुरामा फिल्म निर्माण टोली विचार गरिरहेको बताइन्छ । सञ्जय छुट्दा फिल्मको सुटिङ आधा भइसकेको हुनेछ तै पनि निर्माता भने सञ्जय छुटिसकेपछि सुटिङ अवधिभर कुनै बाधा आउँछ कि आउँदैन भनेर अनुसन्धान गरिरहेका छन् । सलमान र सञ्जयले चल मेरे भाइ नामको फिल्ममा र सन् २०११ मा बिग बोसमा समेत सँगै काम गरिसकेका छन् ।
No comments:
Post a Comment