कञ्चनपुर,कात्तिक ११ । प्रहरी सेवाबाट अवकाश पाएका एक पूर्व प्रहरीले समाज सुधार अभियान चलाउने तयारी गरेका छन् । नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य प्रेम सिह ठगुन्ना समाजका विभिन्न समुदायका व्यक्तिलाई तालिम दिएर समाज सुधार गर्ने योजना बनाएका छन् ।
कार्तिक अन्तिम साता देखि तालिम सञ्चालन गरी सुधार अभियानको औपचारिक थालनी गर्ने योजना उनले बनाएका छन् । ‘समाजमा शान्ति सुरक्षा कायम राख्न, समाजलाई सुदृढ बनाउन र आपशी भाईचाराको सम्बन्ध राख्न तालिम सञ्चालन गरी समाज सुधार्ने कार्यक्रम बनाएका छौ’ पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य ठगुन्नाले भने, ‘यसमा सबैले सहयोग गर्ने आशा लिएको छु । जिल्ला भर सञ्चालन हुने कार्यक्रमका लागि ९० जनालाई तालिम दिन ठगुन्ना सहयोगको खोजीमा लागेका छन् । प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखामा प्रस्ताव पेश गरेका छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, सामुदायिक प्रहरी र हेल्प नेपाल सित सहयोगका लागि छलफल गरेका छन् । कार्यक्रमका लागि १० लाख सम्म खर्च हुने अनुमान गरिएको छ । पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य ठगुन्नाले लागु औषध, धरेलु हिंसा र साइबर अपराध सम्बन्धि ३०/३० जनालाई छुट्टा–छुट्टै तालिम दिएर जिल्ला भर परिचालन गरिने बताए । ‘पहिला तालिम दिन्छौ, त्यस पछि परिचालन गर्छौ’ उनले भने । कार्तिक अन्तिम देखि सुरु हुने तालिम एक/एक साताको हुनेछन् ।
No comments:
Post a Comment