काठमाडौं,कातिक १ । नेपाल टेलिकमले आजदेखि रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ । आफ्नो ग्रहाकहरुको लागि सहज बनाउने नयाँ व्यवस्था ल्याएको हो । नयाँ तरीका अनुसार इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स (IVR) १४१२ मार्फत् सीआरबीटी र सीएस सिस्टमबाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने छ।
यस नयाँ व्यवस्था अनुसार IVR (Interactive Voice Response) १४१२ मार्फत Third Party Recharge Service कम्पनीको NT Recharge Card मार्फत निम्न बमोजिमका सेवाहरुको लागि उपलब्ध गराइएको छ कम्पनीले बताएकाे छ।
१. पि एस टि एन महसुल भुक्तानी (PSTN Bill Payment)
२. ए डि एस एल रिचार्ज (ADSL Recharge)
३. जि एस एम पोष्टपेड महसुल भुक्तानी (GSM Post paid Bill payment)
४. जि एस एम प्रिपेड टप अप (GSM Prepaid Top Up)
५. सि डि एम ए प्रिपेड टप अप (CDMA Prepaid Top Up)
६. सि डि एम ए पोष्टपेड महसुल भुक्तानी (CDMA Postpaid Bill Payment)
७. वाइम्याक्स रिचार्ज (WiMAX Recharge)
यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
नमस्ते रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत् पीएसटीएल सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुल भुक्तानी गर्ने सेवा पनि यथावत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
No comments:
Post a Comment