Sunday, October 18, 2015

एनएमबीमा चार संस्था मर्जसँगै आजबाट एकीकृत कारोबार

काठमाडौं, कातिक १ । एनएमबी बैंक लिमिटेडले आजवाट एकीकृत कारोबार सुरु गरेको छ । , क्लिन ईनर्जी डेभलपमेन्ट बैंक लिमिटेड, पाथीभरा विकास बैंक लिमिटेड, भृकुटी डेभलपमेन्ट बैंक लिमिटेड र प्रडेन्सियल फाइनान्स लिमिटेड गाभिएपछि आज देखि एकीकृत कारोबार सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३० गते आयोजित एक कार्यक्रममा एनएमबी बैंकमा चार संस्थाको मर्जर पुरा भएको घोषणा गरेका हुन् ।

संस्था गाभिए पश्चात् पनि बैंक एनएमबी बैंक नामबाट संञ्चालन हुने भएको छ र बैंकका केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा रहने बताइएको छ । संस्था गाभिए पश्चात् यसको चुक्ता पुँजी ६ अर्ब २० करोड रुपैयाँ पुग्ने बताइएको छ । त्यस्तै बैंकको निक्षेप ५४ पुग्ने र कर्जा लगानी समेत ४१ अर्ब पुग्ने एनएमबी बैंकले बताएको छ ।

चार संस्था मर्जसँगै एनएमबी निजी क्षेत्रको सर्वाधिक ठूलो चुक्ता पूँजी भएको बैंक भएको छ । निजी क्षेत्रका बैंकहरुमा हालसम्म ग्लोबल आइएमईको ५ अर्ब १ करोड र नेपाल ईन्भेष्टमेन्ट बैंकको ४ अर्ब ७७ करोडलाई सर्वा्धिक पूँजी भएको बैंकमा गणना गरिदै आएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts