Sunday, October 18, 2015

माइक्रोम्याक्सका तीन नयाँ फोन बजारमा

काठमाडौं । माइक्रोम्याक्सले तीन नयाँ फोन बजारमा भित्र्याएको छ । बोल्ट सिरिजका एस ३०२, बोल्ट क्यु ३३१ र बोल्ट क्यु ३३८ बजारमा भित्र्याएको हो । बोल्ट एस ३०२ को मूल्य ५ हजार २ सय रुपैयाँ पर्ने माइक्रोम्याक्सको बोल्ट क्यु ३३१ को मूल्य करिब ८ हजार र बोल्ट क्यु ३३८ को मूल्य करिब १० हजार ५ सय पर्ने कम्पनीले जानकारी दिएको छ ।

माइक्रोम्याक्स बोल्ट एस ३०२ मा ४ इन्चको टीएफटी डिस्प्ले, ५ सय १२ एमबीको र्याम, २ मेगापिक्सलको रियर र १ दशमलव ३ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ । एन्ड्रोइड ४.४.३ किटक्याट अपरेटिङ सिस्टमको यस फोनमा ३ जी, ब्लुटुथजस्त सुविधा छन् ।

त्यस्तै ंमाइक्रोम्याक्स बोल्ट क्यु ३३१ मा १.२ जीएचजेड क्वाडकोर, स्प्रेडट्रम एससी ७७३१ प्रोसेसर,५ सय १२ एमबीको र्याम, ४ जीबी इन्टरनल मेमोरीजस्ता विशेषताहरु छन् । यो फोनमा ५ मेगापिक्सलको रियर र २ मेगापिक्सलको फ्रण्ट क्यामरा छ । अपरेटिङ सिस्टम एन्ड्रोइड ४.४.२ किटक्याट रहेको यो स्मार्टफोनमा वाईफाई, ब्लुटुथ , माइक्रो युएसबी पोर्ट जस्ता सुविधा छन् ।

माइक्रोम्याक्स बोल्ट क्यु ३३८ मा १.३ जीएचजेड क्वाडकोर, मिडियाटेक एमटी ६५८० प्रोसेसर र १ जीबीको र्याम छ ,यसमा ८ जीबी इन्टरनल मेमोरी र ३२ जीबी सम्म बढाउन मिल्ने मेमोरी छ । यसमा भएको ८ मेगापिक्सलको क्यामराले उत्कृष्ट तस्विर कैद गर्न सकिन्छ । यो एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टम आधारित रहेको कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts