Sunday, October 18, 2015

‘केपीजी भद्र सहमति पालना नगरे तपाई र सुशीलमा के फरक ?’

काठमाडौ,कार्तिक १ । ‘पूर्वसहमति पालना नगरे तपाई र सुशील कोइरालामा के फरक भयो ? एक पटक होइन बारम्बार तपाईले मसँग भद्र सहमति गर्नु भएको छ । जब सहमति कार्यान्वयनको पालो आयो तपाई मेरा बिरुद्ध विद्याजीलाई अगाडी सार्दै हुनुहन्छ ।’यो आक्रोसपूर्ण अभिब्यक्ति हो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति एमाले बरिष्ठ नेता झलनाथ खनालको । प्रधानमन्त्री कार्यालय सिहदरवारमा बसेको एमालेका पाँच शिर्ष नेताको बैठक बसीरहेको थियो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्टपतिमा उपाध्यक्ष बिद्यादेवी भण्डारीलाई अघि सारे ।

ओलीले राष्टपतिमा भण्डारीलाई अघि सारेपछि आक्रोसित हुँदै एमाले बरिष्ठ नेता खनालले तीन नेताबीच भएको भद्र सहमतिको स्मरण गराए । ‘तपाईले नै केही महिना पहिले राष्टपति मलाई बनाउने भद्र सहमति गर्नु भएको थियो । तपाईको प्रस्तावलाई माधवजीले पनि समर्थन गर्नु भएको थियो । तर अहिले बिद्याजीलाई अघि सार्नुको अर्थ के हो ?’ खनालले भने ।
खनालले राष्टपतिको चाहाना देखाएपछि ओलीले थप छलफल गरौ भन्ने प्रतिक्रिया दिए । तर ओलीको जवाफमा सन्तुष्ट नभएका खनालले आफुले सिफारिस गरेका चार जनालाई मन्त्री बनाउन दवाव दिए ।
बैठक नसकिँदै आक्रोसित हुँदै खनाल बाहिरिए । उनले आफ्ना गुन नसम्झे ओलीलाई सहयोग गर्न नसकिने जनाउ पनि महासचिव इश्वर पोखरेललाई बताए । दुई नेताको जुहारी हेरेका उपाध्यक्ष बामदेव गौतमले बिद्या भण्डारीलाई नै राष्टपति बनाउने पर्ने कुरा राखेका थिए । खनाल बाहिरिसकेका कारण गौतमको भनाई उनले सुनेनन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts