Thursday, October 15, 2015

कता पुग्यो ग्लोबल टेन्डरको प्रक्रिया ?

काठमाडौं,असोज २९ ।नेपाल आयल निगमले इन्धन ल्याउन आफैंले आह्वान गरेको आशयपत्रअन्तर्गत परेका प्रस्तावलाई छनोट गर्न अप्ठ्यारो मानेको छ । निगम स्रोतका अनुसार गोप्य सिलबन्दी टेन्डर आह्वान नगरिएकाले कुनै एकका पक्षमा निर्णय गर्दा आफू फस्नसक्ने भन्दै उच्च अधिकृतहरु छनोट गर्न हच्किएका हुन् ।

‘गोप्य सिलबन्दी टेन्डर भए हामी आफैं पनि एउटा प्रस्ताव छनोट गरेर इन्धन आपूर्ति गर्ने जिम्मेवारी दिन सक्थ्यौं,’ निगम स्रोतले भन्यो,‘ तर, खुला रुपमा आशयपत्र मागिएकाले एउटालाई छनोट गर्दा तल्लो तहका कर्मचारी त्रिपालकाण्डमा जस्तै फस्ने सम्भावना छ । कर्मचारीले एउटालाई छनोट गर्दा अर्को रिसाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नसक्ने सम्भावना छ ।’
कर्मचारी फस्नसक्ने अवस्था भएकाले निगमले आफैं कुनै एक कम्पनीके आशयपत्र छनोट नगरी आवश्यक सुझावसहित शुक्रबार निगम सञ्चालक समितिलाई प्रतिवेदन बुझाउने तयारी गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts