Thursday, October 15, 2015

कांग्रेसले राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि बढाउने संकेत

काठमाडौं,असोज २९ । कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा०का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बिहीबार साँझ ठाकुरसहित कांग्रेस पदाधिकारीहरु बीच छलफल भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने राष्ट्रपति र सभामुखको उम्मेदवारको बिषयमा टुंगो लागि नसकेको बताए । ‘राष्ट्रपतिमा उम्मेदवार दिने हाम्रो मानसिकता हो,’ महतले भने, ‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्ने दल र सत्तारुढ घटकसँग समेत यस बिषयमा छलफल भइरहेको छ ।’

महतले राष्ट्रपतिका लागि समर्थन लिन सभामुखमा कांग्रेसले उम्मेदवार नदिन सक्ने बताए । ‘तर औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने, ‘शुक्रबार विहान पदाधिकारी बैठकले यसको निर्णय गर्छ । सहमतीय राजनीतिलाई अघि बढाउन पनि सभामुखमा उम्मेदवार नदिने पक्षमा कांग्रेस रहेको महतको तर्क छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts