Thursday, October 15, 2015

एनआरएनएको अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौं, असोज २८ । टेकबहादुर (टीबी) कार्कीलाई पराजित गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका छन् ।

उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१२ मत पाएका छन् । महासचिवमा वद्री केसी निर्वाचित भए । उनले ५५५ पाएका छन् । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९३) निर्वाचित भएका छन् ।

युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् ।

अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts