काठमाडौं, असोज २८ । अखिल नेपाल फुटबल संघ एन्फाले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल कप्तान सागर थापासहित ५ जनालाई फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । अन्तराष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो गरेको आरोप लागेका एक प्रशिक्षक र राष्ट्रिय फूटबल टोलीका ४ खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा)ले निलम्बन गरेको छ।
एन्फा महासचिव धिरेन्द्र प्रधानले बिहीबार निकालेको विज्ञप्ति अनुसार मुद्दाको किनारा नलागेसम्म पक्राउ पर्ने ५ जनाले फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् । थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र फुटबल प्रशिक्षक अञ्जन केसीलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार पक्रेको थियो ।
No comments:
Post a Comment