काठमाडौं,कातिक १० । सत्ता साझेदार दलहरुले राष्ट्रपति–उपराष्ट्रपतिमा कांग्रेससँंग सहमति गर्न नसकेपछि तोकिएको उपराष्ट्रपतिको चुनावी कार्यक्रम परिर्वतन भएको व्यवस्थापिका संसदले राष्ट्रपति चयन भइसकेपछि मात्र उपराष्ट्रपतिको चुनावी कार्यक्रम सुरु गर्ने भएको हो । जस अनुसार दलहरुबीच सहमति नभएमा १४ गते उपराष्ट्रपति चयनका लागि मतदान हुने भएको छ ।
एमालेले उपाध्यक्ष एवं शीर्षस्त महिला नेतृ विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा र एमाओवादीले नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने घोषणा गरिसकेका छन् । संसद सचिवालयले मंगलबार बिहान १० बजेदेखि १ बजेसम्म राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरेको छ । सत्ता साझेदार दलहरुले संयुक्त उम्मेद्वारी अघि सारेपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुनको विजय सुनिश्चित हुनेछ । संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि पहिलो राष्ट्रपति निर्वाचन बुधबार हुनेछ ।
यस्तो छ नयाँ कार्यतालिका
यसअनुसार अब राष्ट्रपति निर्वाचित भइसकेपछि मात्रै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया आरम्भ हुनेछ। उपराष्ट्रपतिको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने म्याद कात्तिक १३ गते शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको छ। यसअघि उपराष्ट्रपतिका लागि पनि राष्ट्रपतिको झैँ आजै बिहान १० बजेदेखि १ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय दिइएको थियो।
उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान भने कात्तिक १४ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। शनिबारै साँझ ५ बजे सभामुखले निर्वाचन परिणाम घोषणा गर्नेछन्। कार्यतालिका परिवर्तन गरे पनि संविधान उल्लङ्घन भने हुने छैन। संविधानले संसदको अधिवेशन सुरु भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने उल्लेख गरेको छ। संसदको अधिवेशन असोज १५ मा सुरु भएको हो।
उपराष्ट्रपति पदका लागि हालसम्म एमाओवादीले मात्रै उम्मेदवारी दिने घोषणा गरेको छ। उसले तत्कालीन माओवादी सेनाका पूर्व डेपुटी कमान्डर नन्दकिशोर पुन पासाङलाई उम्मेदवार बनाउँदैछ।
No comments:
Post a Comment