Monday, October 26, 2015

इन्धन अभावका कारण धेरै निजी विद्यालय तिहारसम्म बन्द हुने

काठमाडौं,कातिक १० । इन्धन अभावका कारण धेरै निजी विद्यालय तिहारसम्म बन्द हुने भएका छन् । इन्धन अभावले गाडी चल्न नसक्दा विद्यार्थी ओसारपसार गर्न समस्या भएकाले धेरै निजी विद्यालय तिहारपछि मात्र खुलाउने तयारी भएको प्याब्सनले जनाएको छ ।
कतिपय निजी तथा आवसीय विद्यालयले ग्यास नहुँदा विद्यार्थीका लागि खाना पकाउन नसक्ने जनाएका छन् । राष्ट्रिय प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीका अनुसार इन्धनको समस्या नपरेका विद्यालय भने सञ्चालन हुनेछन् ।
वैशाख १२ गते भूकम्प गएपछि प्रभावित भएको विद्यार्थीको पढाई बन्द, हडताल र इन्धन अभावका कारण झन् प्रभावित हुँदै आएको छ । झण्डै २० लाख विद्यार्थीको पढाई प्रभावित भएको प्याब्सनका अध्यक्ष शाहीले बताउनुभयो ।
तराईका आन्दोलनमा विद्यालय र विद्यार्थी ओसार्ने बसमा भएको तोडफोड जस्ता घटनाले विद्यार्थीमा डर र त्रास बढ्दै गएको छ । दुई महिना भन्दा लामो आन्दोलनले उनीहरुको सिर्जनात्मक क्षमता पनि कम हुँदै गएको पाइएको शाहीले बताउनुभयो ।
विद्यार्थीको पढाईमा परेको यो असरले सम्पूर्ण शैक्षिक प्रणाली र क्यालेन्डरमा समेत असर पर्ने देखिएको छ । निजी सञ्चालकहरुले विद्यार्थीको कोर्स पुरा गर्न जाडो विदालाई कटौती गर्ने तयारी गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts