काठमाडौं,कातिक १० । पैसा लिएर खेल हार्ने म्याच फिक्सिङको आरोपमा पक्राउ परेका ५ पूर्व फुटवल खेलाडीमाथि लागेको राज्य विरुद्धको अपराध मुद्दा विशेष अदालतले हेर्न भएको छ । विशेष अदालतमै आज अभियुक्त पाँचै जनालाई म्याद थपका लागि उपस्थित गराइन लागेको प्रहरीले जानकारी दिएको छ । दशैं बिदाका कारण अदालत बन्द भएपछि खेलाडीहरुमाथिको मुद्दा प्रहरीमा नै दर्ता गराएर राखिएको थियो । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतले हेर्ने र सोही अनुसार उनीहरुलाई अदालतमा लैजान लागिएको प्रहरीको भनाई छ ।
म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टोलिका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री दुई सातादेखी प्रहरी हिरासतमा छन् । उनिहरुले दशैं पनि प्रहरी खोरमै मनाएका छन् । प्रहरीले अभियुक्त पाँचै जनालाई असोज २७ गते काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । एसियाली फुटबल महासंघ र एन्फाले समेत प्रतिबन्ध लगाइसकेका अभियुक्तहरुले आरोप स्विकारि सकेका छन् । अनुसन्धान नसकिएसम्मका लागि प्रतिबन्द्धमा परेका खेलाडीहरुमाथिको आरोप प्रमाणित भएमा जन्मकैद र सम्पत्ति जफत समेत हुनसक्नेछ ।
No comments:
Post a Comment