Monday, October 26, 2015

विद्या विरुद्ध कुलबहादुर यस्तो छ जोड घटाउको अवस्था

काठमाडौं, कातिक १० । हाल राष्ट्रपतिमा डा. रामवरण यादव छन् । उपराष्ट्रपति पनि मधेशी मुलकै रामवरण यादव । तर मधेश तै पनि अधिकार पाएन नेतृत्वमा पहुँच भएन भन्दै आन्दोलन गरिरहेको छ । महिला अधिकारकर्मीहरुले बिदेशी डलर झार्न सराप्ने गरेको पितृ सतात्मक हाम्रो समाजबाट राष्ट्रपति महिला बनाउने एमाले योजना छ । आफ्नै बलबुताको योगदान र सृजनशिलताले भन्दा पतीको ज्यान र केवल लिङ्गको आधारमा विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाइएको छ । महिला अधिकारकर्मीहरु पश्चिमामा डलरको बलले यसरी नै कुर्लने छन् जसरी अहिले मधेश केन्द्रित दलहरु भारतीय बुई चढेर आन्दोलनको नाममा वितण्डा मच्चाइरहेका छन् ।

महिला नेतृत्वले नै सबै हुने हो भने सभामुख महिला छिन् संसदमा योग्यता क्षमता सबै जोडजाम गर्दा अहिले पाउने नेतृत्व यसमा चित्त बुझाउनुपर्ने अवस्था छ । यसको अर्थ महिलाले राष्ट्रपति पाउनुनै हुन्न भन्ने भने होइन । योग्यता क्षमता र योगदान हेर्दा भण्डारीको तुलनामा संयमीत र समावेशी हिसाबले पनि राष्ट्रपतिमा कुलबहादुर गुरुङ उचित पात्र छन् । कम्तिमा गुरुङले भण्डारीले जसरी राजनीतिक स्वार्थमा पतिको हत्यारा खोज्न छाडेर पदको पछि कहिल्यै दगुरेनन् । व्यापारीसँग व्यक्तिगत स्वार्थको लागि लाखौं रुपैयाँ उठाएर झ्वाम पारेका छैनन् । अरु त अरु महिला नेतृ नै भइकन पनि रक्षामन्त्री भएको समय देखी अन्य समयमा समेत भण्डारी कहिल्यै महिलाको वास्तविक अधिकारको पक्षमा देखिएकी छैनन् ।

जोड घटाउमा के छ अवस्था ?

सहमतीयको समय सकिएर बहुमतिय प्रक्रियामा आएपनि काँग्रेसलाई सहमतीमै ल्याएर विद्यालाईनै राष्ट्रपति बनाउने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलिले बताएका छन् । उता प्रधानमन्त्रीमा ओलीसँग पराजित सुशील कोइरालाले भने आफुहरुलाई राष्ट्रपतिमा समर्थन गर्न आग्रह गरेपनि यसलाई भनेर नाम समेत तोक्न सकेनन् । काँग्रेसभित्रको लाचारीका कारण । भलै उसका नेताहरुले कुलबहादुर गुरुगं नै उम्मेदवार हुने बताउँदै आइरहेका छन् । एमालेले सोमबारने भण्डारीको उम्मेदवारी बारे निर्णय गरिसकेको छ भने काँग्रेसले आज मंगलबार गुरुङलाई उम्मेदवार बनाउने निर्णय गर्ने तयारी छ ।

मंगलबार नै उम्मेदवारी दर्ता गराउने कार्यतालिका समेत संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । उम्मेदवारी दर्ता गर्नुअघि दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमतिको लागि अन्तिम प्रयास गर्ने बताएका छन् । तर यो भनाई अब केवल औपचारिकतामा मात्रै सिमित बन्न पुगेको छ । एउटा अन्तिम अवस्था भनेको अब सहमति गर्दै काँग्रेस एमाले सरकारमा सामेल भएमा उसले राष्ट्रपति पाउनेछ । तर यस्तो सहमतीको अवस्थामा भने काँग्रेसले तुरुप फेर्दै भारतीय आशिर्वाद तथा काँग्रेस भित्रकै भारत पक्षिय नेताहरुको जोडबलमा अघि सारिएका मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी या वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई नै निरन्तरताको प्रयास गर्ने छ ।

यसै कारण पनि काँग्रेसले दोहोरो तुरुप खेल्न राष्ट्रपतिको नाम अझै घोषणा नगरि बसिराखेको छ । असम्भव जस्तै देखिएको यो अवस्थामा पनि एमालेले भने प्रधानमन्त्री चुनावमा आफुलाई असहयोग गरेको भन्दै बदलामा राष्ट्रपति निर्वाचनमा सहयोग नगर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री चुनावकै समयको पक्ष विपक्षको मत हेर्ने हो भने स्पष्ट रुपमा विद्यादेवी भण्डारी अबको राष्ट्रपति हुने देखिन्छ । कारण मधेश केन्द्रित दलहरुको मोर्चाले राष्ट्रपति मतदानमा सहभागी नहुने निर्णय गरिसकेकाले काँग्रेसको पल्ला हलुको हुन पुगेको छ ।

उपराष्ट्रपतिमा नन्दकिशोर पुन उठाउने निर्णय गरेको एमाओवादी सत्ताघटककै कारण एमाले उम्मेदवारलाई मत दिन राजि भएपनि उसले अझैसम्म स्पष्ट बोलिसकेको छैन कि भण्डारीनै एकमात्र विकल्प हुन् भनेर । यस आधारमा हेर्न एमाओवादीले क्रस भोटिङ गर्ने र एमाले उम्मेदवारसँग असन्तुष्ट रहेका राप्रपा नेपाल र फोरम लोकतान्त्रीक समेतले नेपाली काँग्रेसलाई साथ दिने हो भने पासा पल्टने अवस्था छ । यसको संभावना भने ज्यादै कमजोर रहेको छ ।

यो कमजोर गणीतिय संभावना संसदमा देखिएन भने प्रष्ट छ समावेशिताकै नाममा भएपनि एमालेकी विद्यादेवी भण्डारी ३ सय ४० मत सहित राष्ट्रपति बन्नेछिन् । यहि मत पाएर एमाओवादीका नन्दकिशोर पुन पासागं उपराष्ट्रपति बन्नेछन् । जसमा सत्तारुढ गठबन्धमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेकपा संयुक्तको ३, नेपाल परिवार दलको २, राष्ट्रिय जनमुक्ति पार्टीको २, बहुजन शक्ति पार्टीको १, समाजवादी जनता पार्टीको १, नेपाः राष्ट्रिय पार्टीको १ र मधेस सपता पार्टी नेपालको १ मत रहनेछ ।

३५ सांसद रहेको मेशी मोर्चाले पनि साथ छोडेको अवस्थामा संसदकै ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्न पुगेको काँग्रेसले भने आफ्नो २ सय ७ भोट बाहेक अखण्ड नेपालको १ र स्वतन्त्र सांसदको १ मत मात्र पाउनेछन् । जुन लगातार प्रधानमन्त्री बन्न लालायित र भारतीय दबावबाट मुक्त हुन नसकेका सुशील कोइरालाको असक्षमताको परिणाम स्वरुप काँग्रेसले सत्ताबाट हातधोएर पूर्ण रुपमा प्रतिपक्ष सम्हाल्ने अवस्था हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts