काठमाडौं, असोज २४ नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो एक बजे राष्ट्रपतिबाट पद तथ गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले सपथग्रहणको कार्यक्रम तयगरी उपस्थित हुनुपर्ने पदाधिकारीहरुलाई निम्ता गरेको छ । भोलि भोटोजात्रा भएकाले प्रधानमन्त्री ओली सपथपछि सो कार्यक्रममा सहभागी हुन जानेछन् ।
उनलाई दिउँसो एक बजे राष्ट्रपतिको कार्यालयमा संविधानको धारा ८० बमोजिम् राष्ट्रपति डा। रामवरण यादवबाट सपथ खुवाउने छन् ।
सपथ लिएसँगै उनले सानो आकारको मन्त्रिमण्डल पनि बनाउने भएका छन् ।प्रारम्भीक चरणमा विष्णु पौडेल, भीम रावल, शत्रुघ्न महतो, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा र कमल थापाले मन्त्री पदको सपथ लिने छन् । स्रोतका अनुसार राप्रपा नेपालले परराष्ट्र र स्थानीय विकास मन्त्रालय पाउने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले परराष्ट्र मन्त्रालय सम्हाल्ने टुंगो लागिसेको छ ।
No comments:
Post a Comment