Thursday, October 15, 2015

नेपालमा तेल ल्याउन भारतीय आयल निगमले पनि हाल्यो टेन्डर!

काठमाडौं, असोज २८ । नेपाल नाकाबन्दी गरेको भारत सरकारको स्वामित्वमा रहेको भारतीय आयल निगम (इन्डियन आयल कर्पोरेसन)ले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न नेपाल आयल निगमले आह्वान गरेको ग्लोबल टेण्डरमा टेण्डर हालेको छ।

निगमका प्रवक्ता दीपक बरालले भारतीय आयल निगमसहित २२ वटा कम्पनीले तेल आपूर्तिका लागि टेण्डर हालेका छन्। ‘भारतीय आयल निगमले पनि टेण्डर हालेको छ, उसलाई टेण्डर दिन मिल्ने नमिल्नेबारे अहिले भन्न सक्न अवस्था छैन‘ बरालले भने ‘आज बेलुका ५ बजेसम्म निगमले टेण्डर हालेका संस्थाहरुको वस्तुगत अध्ययन गरी सञ्चालक समितिलाई पेस गर्नेछ।‘

निगम सञ्चालक समितिले नै टेण्डरबारे अन्तिम टुंगो लगाउने सेतोपाटीले समाचार लेखेको छ । नेपालका सीमामा मधेसी मोर्चाको अवरोध भएको भन्दै भारतीय आयल निगमले तीन हप्तादेखि नेपाल आयल निगमलाई मागेजति तेल दिएको छैन। अहिले नेपालले मागेको १० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ भारतीय आयल निगमले दिँदै आएको नेपाल आयल निगमले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts