Thursday, October 15, 2015

प्रचण्ड नेतृत्वको उच्चस्तरीय समितिले पहिलो निर्देशन

काठमाडौं, असोज २८ । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरिएको बैठकपछि समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकारलाई समर्थन गर्ने विभिन्न दलको आज बिहान बसेको बैठकले ११ सदस्यीय समिति गठन गरेको थियो । उनले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि समन्वय गरी समस्या समाधानका लागि तत्काल वार्ता टोली गठन हुने बताए ।

अघिल्लो सरकारका पालामा नपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीका तर्फबाट तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो । बैठकले आन्दोलनरत दललाई भारतीय सीमा क्षेत्रमा गरिएको अवरोधका कार्यक्रम फिर्ता लिन पनि आग्रह गरेको छ ।

समितिले नयाँ संविधानको कार्यान्वयन, विद्यमान आपूर्ति व्यवस्थापन समस्याको सम्बोधन र सरकारलाई आवश्यक सहयोगजस्ता काममा समन्वय गर्ने संयोजक दाहालले बताए । सो लागि विस्तृत कार्यविधि (टिओआर) पनि बन्नेछ । सभामुख–उपसभामुखलगायत पदको निर्वाचनका सन्दर्भमा छलफल गर्न समितिको अर्को बैठक आजै दिँउसो ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts