एजेन्सी, कातिक ११ । चेल्सी लिग कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ । लगातार खराब प्रदर्शन गर्दै आएको चेल्सी मंगलबार राति भएको खेलमा टाइब्रेकरमा स्टोक सिटीसँग ५–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । जोन वालटरले ५२ औं मिनेटमा गोल गर्दै स्टोकलाई सुरुवाती अग्रता दिलाए । खेलको इन्जुरी समयमा चेल्सीका लागि लुइक रेमीले गोल गर्दै खेल १–१ को बारबरीमा ल्याए । त्यसपछि थपिएको अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको हो । इन्जुरी समयमा फिल बार्डस्लि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि अतिरिक्त समयमा स्टोक १० खेलाडीमा सिमित भएको थियो । टाइब्रेकरमा चेल्सीका इडेन हर्जाडले गोल गर्न नसकेपछि स्टोक विजयी भयो । चेल्सीले यो सिजन खराब प्रर्दशन गरिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment