Tuesday, October 27, 2015

मधेसी मोर्चासहित आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भोट नहाल्ने

काठमाडौं, कातिक ११ । प्रधानमन्त्री चुनावमा सहभागी भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभामा रहेका आठ दलले आज हुने राष्ट्रपति निर्वाचनमा भाग नलिने भएका छन् । संविधानको मस्यौदा सार्वजनिक भए लगतै आन्दोलनमा होमिएको मोर्चाले नयाँ राष्ट्रपति चयनका लागि हुन लागेको चुनाव सहभगि नहुने भएको हो ।

मधेसी मोर्चामा आवद्ध चार दल तमलोपा, संघीय समाजवादी फोरम, सद्भावना र तमसपाका ३५ यस्तै संघीय लोकतान्त्रिक मोर्चाका तीन, फोरम गणतान्त्रिकको एक, थरुहट तराई पार्टीका २ र नेपाल सद्भावना पार्टीका एक सहित ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने भएका हुन् । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसद बैठकमा मतदान हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङका उम्मेदवार छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts