काठमाडौं, कातिक ११ । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा भएको भएको निर्वाचनमा ५४९ मत खसेको निर्वाचन आयोगले जनाएको छ। संसदको कुल सदस्य ५९७ मध्ये ५४९ मत खसेको र ४८ जना सभासद अनुपस्थित रहेका थिए।
मधेसी मोर्चासहितका केही दलले मतदान प्रक्रियामा भाग लिएनन् । त्यस्तै नेपाली कांग्रेसकी शीला खड्का तथा मधेसवादी दलका सभासदहरू भने अनुपस्थित रहे । सत्तारुढ गठवन्धनको विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङ भिडेका छन् । केहीबेरमा मतगणना सुरु हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष प्रस्तुत गरिनेछ भने बेलुका ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिनेछ ।
No comments:
Post a Comment