काठमाडौं, कातिक १० । संघीय मधेशी मोर्चाले सरकारसामु १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको छ। मोर्चाले मंगलबार अपरान्ह सिंहदरबारमा सरकारी वार्ता टोलीसामु १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको हो।
प्रस्तावमा सरकारी कामकाजमा नेपालीका अलावा हिन्दी र अंग्रेजी भाषा प्रयोग गरिनुपर्ने, राष्ट्रिय गानमा मधेश शब्द थप गरिनुपर्ने, चक्रिय प्रणालीका आधारमा प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने, ७ प्रदेशको सीमांकनमा हेरफेर गरिनुपर्ने लगायतका माग गरिएको छ।
मोर्चाले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरी मृतकका परिवारका एक सदस्यलाई स्थायी सरकारी जागिर दिनुपर्ने, हिरासतमा रहेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गरिनुपर्ने लगायतका ११ बुँदे मागपत्र पनि पेश गरेको छ।
सरकारी वार्ता टोलीले मोर्चाको १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव र ११ बुँदे मागपत्रका बारेमा अर्को वार्तामा छलफल गर्ने बताएका छन् ।
Tuesday, October 27, 2015
मधेशी मोर्चाद्वारा सरकारसामु १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment