काठमाडौं, कातिक १० । पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले आफूले राज्यलक्ष्मीसँग नलिएको दाबी गरेका छन् । पार्टीको समानुपातिक तर्फकी सांसद राज्यलक्ष्मी गोल्छाले पैसा लिएको आरोप लगाएपछि खनालले आज एक विज्ञप्ती निकाल्दै उक्त कुराको खण्डन गरेका हुन् । राज्यलक्ष्मी गोल्छाले झलनाथ खनालले आफूसँग ५ करोड मागेको दावी गरेकी थिईन् ।
विज्ञप्तिमा खनालले आफूले गोल्छासँग पैसा माग्नु त परैको कुरा अहिले सम्म भेट्दा पनि नभेटेको दावी गरेका छन् । उनले गोल्छाले पार्टीलाई दिएको ठूलो रकमको सत्यतथ्य छानबिन गर्नसमेत माग गरेका छन् ।
No comments:
Post a Comment